Saturday, May 2

प्रधानमन्त्री ओलीले सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै

नेपालअखबार,तियानजिन (चीन) ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।चीनको तियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ देखि पाँच दिने भ्रमणमा चीनमा छन् । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

Advertisement

आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाई सिपानडोनसँग भेटवार्ता हुनेछ ।