Saturday, May 2

मन्त्रीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिँदै

नेपालअखबार,  काठमाडौँ । ललितपुरको भैंसेपाटी स्थित मन्त्रीक्वार्टरबाट मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

सेनाको हेलिकप्टरमार्फत मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको प्रहरीका एक जना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘सुरक्षा जोखिमका कारण मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।’

Advertisement

जेनजी पुस्ताका प्रदर्शनकारीहरूले मङ्गलवार काठमाडौँ उपत्यका केन्द्रित प्रदर्शन गरिरहेका छन् । काठमाडौँ बाहिर पनि प्रदर्शन भइरहेको छ ।