Sunday, July 5

मकवानपुरका पत्रकारले सफा गरे सडक

नेपालअखबार, हेटौंडा। जेनजीहरूको आन्दोलनका क्रममा विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि सडकमा थुप्रिएको फोहोर पत्रकारले सफा गरेका छन्।

Advertisement

मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरू फोहोर सफा गरेका हुन्।

Advertisement
Advertisement

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा मंगलबार आन्दोलनकारीले विभिन्न सरकारी कार्यालयमा तोडफोड सडकमा ल्याएर आगजनी गरेका थिए।

Advertisement

आन्दोलनकै क्रममा टायर बाल्दा निस्किएको धुवाँ, जलेर बाँकी रहेका रबरका टुक्रा, प्लास्टिक, काठ तथा अन्य सामग्री सडकमा थुप्रिएका थिए। तिनले सर्वसाधारणलाई समेत आवागमन प्रभावित बनाएकाले सरसफाइ गरेको पत्रकार पोष्टराज अधिकारीले जानकारी दिए।