Monday, April 20

नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

नेपालअखबार,काठमाडौं।  नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।

उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्।

Advertisement

पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर दिनेशबहादुर कुँवरले जानकारी दिए।

‘नख्खु जेलबाट भागेका १७ जना र सिन्धुलीबाट भागेका २ जनालाई पक्राउ गरेका छौं,’ इन्स्पेक्टर कुँवरले भने।

पूर्वराज्यमन्त्री टकला जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका थिए।

तत्कालीन अवस्थामा मधेसी जनअधिकार फोरम र सद्भावना पार्टीका सांसद रहेका टकलामाथि जनकपुरकै मिडिया उद्यमी अरूण सिंहानियाको हत्याको आरोप पनि छ।

उनी बुधबार प्रदर्शनकारीले कारागारमा तोडफोड गर्न थालेपछि कारागारबाट भागेका थिए।