Sunday, May 24

गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवन इजरायलको निशानामा

नेपालअखबार,रफाह । गत हप्तादेखि इजरायलले गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरिरहेको छ । सोहीअनुसार आइतबार इजरायलले गाजा सहरको तल अल–हवा क्षेत्रमा रहेको अल–कौथर टावरमा आक्रमण गरेको छ ।  हवाई आक्रमणमा सो भवनमा धेरै क्षति पुगेको छ ।

उक्त भवन हमासले प्रयोग गरिरहेको इजरायलको दाबी छ । सोही भवनबाट हमासका आतंककारीहरूले इजरायली सैनिकहरूमाथि निगरानी गर्ने र उनीहरूलाई हानी पुर्‍याउने योजना बनाइरहेको उसको आरोप छ । उक्त भवनमा जासुसी उपकरण र निगरानी चौकीहरू जडान गरिएको दाबी पनि इजरायलले गरेको छ ।

Advertisement

गाजा सहरमा आफ्ना गतिविधिहरूको लागि हमासले लामो समयदेखि आम मानिसहरू र उनीहरूका भवनहरूलाई ढालको रूपमा प्रयोग गरिरहेको इजरायलले बताउँदै आइरहेको छ । आम नागरिकलाई क्षति नपुगोस् भनेर अल–कौथर टावरमा हमला गर्नुअघि आफूहरूले चेतावनी दिएको इजरायली भनाइ छ । यो आक्रमणमा इजरायलले सटीक हतियार प्रयोग गरेको थियो ।