Monday, April 20

कास्की मालपोत अनिश्चितकालका लागि बन्द

नेपालअखबार,पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले भौतिक संरचनाको पुनः निर्माणपछि मात्रै सेवा सुरु गर्ने भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन जलेर नष्ट भएको छ ।  त्यहाँ भित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका छन् ।

कार्यालयका महत्त्वपूर्ण सरकारी अभिलेख तथा कागजातहरू जलेर नष्ट भएका कारण सेवा दिन सक्ने अवस्था नरहेको मालपोत कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।

Advertisement

निमित्त प्रमुख मालपोत अधिकृत शोभाखर पोखरेलले कार्यालयको मोठ, रजिस्ट्रेसन शाखा र मुद्दा, तामेली शाखामा ठुलो क्षति पुगेको बताए ।