Tuesday, September 15

१२ दिनपछि पक्राउ परे जेन-जी आन्दोलन क्रममा कारागारबाट भागेका दुई विदेशी कैदी

नेपालअखबार,काठमाडौँ । भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भागेका दुई विदेशी कैदी पक्राउ परेका छन्।

Advertisement

बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुई जना विदेशी कैदी पक्राउ परेका हुन्।

Advertisement
Advertisement

पक्राउ पर्नेमा कास्की कारागारबाट बाल यौनदुराचार मुद्दामा कैद भुक्तान गरिरहेका मिचेल नोर्मेन टेलर र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका जोसन लोडी मन्डी छन्।

Advertisement

उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।

उनका अनुसार उनीहरूलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने काम भइरहेको छ।