Wednesday, October 29

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री खनालद्वारा पदभार ग्रहण

नेपालअखबार,काठमाडौं। अर्थमन्त्रीसमेत रहेका रामेश्वर खनालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको पदभार ग्रहण गरेका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दै खनाललाई संघीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिएकी थिइन्। जेनजी पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार सात सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो।

Advertisement

Advertisement