Sunday, May 3

नेपाल प्रहरीमा खुल्यो जागिर, १५९४ जना भर्नाका लागि दरखास्त आह्वान

नेपालअखबार,काठमाडौं । नेपाली प्रहरीमा भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

Advertisement

१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले  असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।

जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिनेछ।

खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा बुझाउनुपर्नेछ।

दरखास्त शुल्क जनपदतर्फ तीन सय रूपैयाँ र एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि ६० रूपैयाँ थप दस्तुर लाग्नेछ।

खेलाडीका हकमा दस्तुरबापत २०० रूपैयाँ र समूह थप गर्दा प्रत्येक समूहका लागि थप ४० रूपैयाँ शुल्क लाग्नेछ।

यस्तो छ सूचनाः 
police-1758850275.jpg