Tuesday, October 7

मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा

नेपालअखबार,काठमाडौं । मनसुनी वायुको प्रभाव क्रमश: कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ ।

Advertisement

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिन्छ । त्यसको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

गत २४ घण्टामा सबैभन्दा धेरै डडेलधुराको ज्यामिर खालमा ६१.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी सिन्धुलीको मरिनमा पनि ५४ मिलमिटर वर्षा मापन भएको छ ।

पश्चिमी वायुको प्रभावले आज र भोलि पनि पश्चिम नेपालमा हल्कादेखि मध्यम र अन्य ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी । तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ ।

महाशाखाका अनुसार आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ ।

बाहिरिन थालिसक्यो मनसुन

नेपालबाट पूर्वी वायु अर्थात  मनसुन भने बाहिरिन सुरु गरिसकेको छ ।

हिजो असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो नै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते)देखि बाहिरिन सुरु गरेको हो ।