Thursday, July 9

युद्धपोत पठाएसँगै अमेरिकाले ‘युद्धलाई बढावा’ दिएको भेनेजुएलाको आरोप

नेपालअखबार,काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकालाई ‘युद्धलाई बढावा’ दिएको आरोप लगाएका छन्। अमेरिकाले क्यारिबियन क्षेत्रतर्फ विश्वको सबैभन्दा ठूलो युद्धपोत पठाएपछि उनले यो भनाइ सार्वजनिक गरेका हुन्, जसले यस क्षेत्रमा सैन्य तनावलाई अझ बढाएको छ।

Advertisement

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार ९० वटा विमान बोक्न सक्ने यूएसएस जेराल्ड आर. फोर्ड विमानवाहक जहाजलाई भूमध्यसागरबाट क्यारिबियनमा तैनाथ गर्न आदेश दिएका थिए।

Advertisement
Advertisement

राष्ट्रपति निकोलस मादुरोले सरकारकी सञ्चारमाध्यमलाई भने, ‘उनीहरूले नयाँ युद्ध सिर्जना गरिरहेका छन्। उनीहरूले फेरि कहिल्यै युद्धमा संलग्न नहुने वाचा गरेका थिए, तर उनीहरू एउटा युद्ध सिर्जना गरिरहेका छन्।’

Advertisement

अमेरिकाले हालैका दिनहरूमा क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ। उसले उक्त क्षेत्रमा युद्धपोत, आणविक पनडुब्बी र एफ-३५ लडाकु विमानहरू तैनाथ गरेको छ। अमेरिकाले यो कारबाही लागुऔषध तस्करीलाई लक्षित गर्ने उद्देश्यले गरिएको बताएको छ।