Monday, November 3

शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

नेपालअखबार,काठमाडाैँ । शान्ति सुरक्षाको अवस्था र चुनावको तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका छन् ।

Advertisement

मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृह सचिव रामेश्वर दंगाल पनि सहभागी हुनेछन् ।

Advertisement

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

सोमबार र मङ्गलबार गरी उनी दुई दिन मधेसमा रहनेछन् । त्यसक्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नेछन् ।

यस्तै उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।