Tuesday, November 4

प्रहरी प्रधान कार्यालयको परिपत्र- भदौ २३ र २४ गते काठमाडौंमा खटिएका इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउनू

नेपालअखबार, काठमाडौं।  प्रहरी प्रधान कार्यालयले  भदौं २३/ २४ गते आन्दोलनको क्रममा खटिएका प्रहरीलाई उपत्यका नछोड्ने व्यवस्था मिलाउन काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई परिपत्र गरेको छ।

Advertisement

आइतबार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई पत्र पठाएर जेनजी आन्दोलन क्रममा काठमाडौंमा खटिएका प्रहरी इन्चार्जहरूले उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

Advertisement

उनका अनुसार त्यस दिन काठमाडौंमा क्षति भएका ठाउँमा खटिएका इन्चार्जहरूलाई काठमाडौं नछाड्ने गरी व्यवस्था मिलाउन भनेको हो।

‘उहाँहरूलाई सोधपुछका लागि आयोगले जुनसुकै बेला पनि बोलाउन सक्छ। त्यसकारण उपत्यका नछाड्ने व्यवस्था गर्नू भनिएको हो,’ ती अधिकारीले सेतोपाटीसँग भने।

उनले आयोगले सोधपुछका लागि बोलाउँदा कार्यालयलबाट अनुमति लिइराख्नु नपर्ने पनि बताए।

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन भई उक्त आयोगले काम सुरू गरिसकेको छ।

आयोगले विभिन्न पक्षहरूसँग सोधपुछ र बयान लिइरहेको छ।