
नेपालअखबार,काठमाडौं ।चीनमा भर्खरै निर्माण भएको पुल भाँचिएको छ।
चीनको उत्तरपश्चिम सिचुवान प्रान्तको तीब्बत जोड्ने मुख्य राजमार्गको हुङ्ची पुलको एक भाग भाँचिएको हो।
पहाडी इलाकामा रहेको ७५८ मिटर लामो पुलको एकातिरको भाग भाँच्चिएको भयानक दृश्यसहितका भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
पुल भाँचिदा धुलो र माटोको बादल आकाशमा फैलिएको थियो।
भाँचिएका कंक्रिट र धातुका टुक्रा पुल तलको खोलामा खसेका छन्। केही भाग झुण्डिएकै अवस्थामा छन्।
पुल खसेपछि सडकको भागलाई पनि क्षति पुर्याएको छ। पहाडी भूभागमा ठूलो पहिरो समेत खसेको छ।
घटनामा अहिलेसम्म कसैको मृत्यु भएको विवरण सार्वजनिक भएको छैन।
उद्धार टोली र स्थानीय अधिकारीहरू हेलिकप्टर, ड्रोन र सुरक्षा गियरसहित घटनास्थलमा परिचालित छन्। सुरक्षित मार्ग सुनिश्चित गर्दै र घाइते वा फसेका व्यक्तिहरूको खोजीमा जुटेका थिए।
उक्त पुलमा सोमबार चिरा परेको देखिएको थियो।
त्यसपछि तत्कालै त्यहाँ सवारी साधन आवतजावतमा रोक लगाइएको थियो। त्यसकारण मानवीय क्षति हुन नपाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
सिचुआन रोड एन्ड ब्रिज नामको निर्माण कम्पनीले उक्त पुल बनाएको थियो। यस वर्षको सुरुमा सम्पन्न भएको थियो।
Report the full story! No misleading. The bridge collapsed due to a landslide-induced mountain deformation. This was a natural disaster.
A day earlier, the government staff had detected land subsidence on the mountain and the road cracks during their road inspection. They… https://t.co/0Ocl1Qy9sx
गत केही दशकमा चीनले पहाडी क्षेत्रमा राजमार्ग, पुल र रेललाइनजस्ता पूर्वाधारमा ठूलो लगानी गरेको छ।
न्यूयोर्क टाइम्सका अनुसार लगानीको बृद्धिले विश्वका सबैभन्दा लामो र अग्ला पुलहरू निर्माण गरिएको थियो। तर यसले धेरै स्थानीय सरकारहरूलाई ऋणमा डुबाएको पनि छ।
चीनको तीव्र पूर्वाधार विकास र पहाडी भूगोलका कारण यस्ता दुर्घटनाको जोखिम बढी रहने विशेषज्ञहरूको भनाइ छ।
यस घटनापछि सिचुआनमा आपतकालीन उद्धार कार्य सुरु गरिएको छ।
अहिले वैकल्पिक सडकबाट सवारी आवागमन भइरहेका छन्।

