समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि भासियो

नेपालअखबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो ।
अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।

the authoradmin

Leave a Reply