Friday, February 20

दाङबाट शैक्षिक भ्रमणमा पाल्पा आएको बस दुर्घटना, ११ जना घाइते

नेपालअखबार, तानसेन । पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दाङबाट शैक्षिक भ्रमणका लागि आएका विद्यार्थी सवार बस रानीमहल जाने बाटोमा आज बिहान दुर्घटना भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइतेहरुलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।