Saturday, July 4

ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी

नेपालअखबार,काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीलाई अहिले भएको कानुनबाट निर्वाचन गराउन  सुझाव दिएका छन् ।

Advertisement

शुक्रबार राजधानीमा ‘नेशनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारको नियतमाथि प्रश्न उठाउँदै निर्वाचन गराउन सक्ने भए खुरुखुरु गराउन चेतावनी शैलीमा आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

‘तपाईँ यति बेला भएका कानुनबाट निर्वाचन खुरुखुरु गराउने हो भने गराउनुहोस् न त’ अध्यक्ष ओलीले भने, ‘शान्तिपूर्ण वातावरण बनाउनुहोस्, हतियार फिर्ता ल्याउनुस्, अपराधीहरूलाई नियन्त्रण गर्नुहोस्, निर्वाचनयोग्य वातावरण बनाउनुस् ।’

Advertisement

उनले सरकारले १२५ दलसँग गरेको वार्तालाई ‘तमासा’ को संज्ञा दिँदै त्यसले कुनै निकास नदिने बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले भर्खरै घोषणा गरिएको ‘नेशनल भोलेन्टियर फोर्स’ कुनै व्यक्ति वा समूहविरुद्ध नभई देशमा शान्ति, सुव्यवस्था कायम गर्न तथा हिंसा, अराजकता र आतङ्कको अन्त्य गर्न गठन गरिएको समेत स्पष्ट पारे ।