
नेपालअखबार, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । सोमबार उनले नाका निरीक्षण गरेका हुन् ।
मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल सुदूरपश्चिम गएका छन् । उनले त्रिनगर भन्सार र सशस्त्र प्रहरीको कञ्चनपुर स्थित डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरे ।
मन्त्री अर्यालले नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
सिमानाबाट हुने चेलीबेटी बेचबिखन नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न मन्त्री अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

