Thursday, July 9

नेकपाप्रति ‘जेनजी’ पुस्ताको आकर्षण बढेको छ : माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको दाबी गरेका छन्।

Advertisement

जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै  थुप्रै जेनजी पुस्ताका नेताहरू पार्टीमा जोडिएको बताए। उनले देशभर जेनजी युवाको आकर्षण नेकपाप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेकपा अगाडि बढिसकेको बताए।

Advertisement
Advertisement

पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए।

Advertisement

उनले सिरहा र जनकपुर आफ्नो मामाघर रहेको बताउँदै धनुषा जिल्लाको गाउँगाउँबारे आफूलाई जानकारी रहेको बताए। नेपालले नेकपाले मधेशको मुक्तिका लागि सङ्घर्ष गर्दैछ र यसले नै मुक्ति दिलाउने विश्वास गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिक, दलित र मुस्लिमका लागि आवाज उठाउने पार्टी आफूहरूको पार्टी रहेको बताउँदै जनकपुरको इज्जतका लागि आफ्नो पार्टीले काम गरेको बताए।

कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपरोस्, सबैले शिक्षा, स्वास्थ्य र रोजगार पाऊन् भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरू एकीकृत भएको दाबी गर्दै उनले नेकपाप्रति नेपालीहरूको आकर्षण बढेको बताए।