Monday, August 10

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले आज पदबहाली गर्दै

नेपालअखबार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा पुनर्बहाली भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज बिहान १० बजे पदबहाली गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतले उनलाई प्राधिकरणमा पुनर्बहाली गर्न आदेश दिएको थियो।

Advertisement

न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेकोथियो।

Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।

Advertisement