Thursday, July 9

प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने : विश्वप्रकाश शर्मा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन् ।

Advertisement

सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ । यो मिति सारेर वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ छ ।

Advertisement
Advertisement

महामन्त्री शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन कारण प्रस्तुत गरेका छन् । जेनजीलाई अपनत्व महसुस गराउननिर्वाचन वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनको तर्क छ ।

Advertisement

शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘GenZ समूहहरुलाई अपनत्वमा गाँस्नविश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ । सहमति र सहकार्य मार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो ।’

उनले जेनजीहरुसँग सरकारले गरेको सहमतिलाई समेत स्वागत गर्दै कार्यान्वयनमा फागुन २१ को निर्वाचनको मिति बाधक हुन नहुने पनि बताएका छन् ।

जेनजी र सरकारबीचको सहमतिलाई स्वागत गरे पनि उनले यसमा दलहरुलाई सहभागी नगराइएको प्रति भने असन्तुष्टि व्यक्त गरेका छन् ।कार्यान्वयनका क्रममा यस विषयमा गम्भीर बन्न सरकारलाई उनको सुझाव छ ।