
नेपालअखबार,काठमाडौँ । यातायात व्यवस्था विभागले हालसम्म पाँच हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको जानकारी दिएको छ ।
विभागका निर्देशक केशव खतिवडाले सुरक्षण मुद्रण केन्द्रमा विभागबाट ७ हजार लाइसेन्सको डेटा उपलब्ध गराएकोमा उक्त परिमाणमा सवारी लाइसेन्स छापिएको जानकारी दिएका हुन्
निर्देशक खतिवडाले भने, ‘हामीले ७ हजार डेटा उपलब्ध गराएका थियौँ । त्यसमध्ये ५ हजार छापिएर आइसकेका छन् । ती लाइसेन्स वितरणका क्रममा छन् ।’
गत कात्तिक २१ गते काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी लाइसेन्स छपाइ सुरु भएको थियो ।

