Thursday, July 9

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ ।

Advertisement

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेस गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो । अघिल्लो संसदले पठाएको विधेयक प्रमाणीकरण नभई थन्किएको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सो विवाद सर्वोच्चमा पुगेको हो ।

Advertisement
Advertisement

संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन् । त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो ।

Advertisement

अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि सो विधेयक गैरसंवैधानिक हुने दावी गर्दै २०८० जेठ १९ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उद्धृत गरेका संविधानका प्रावधानहरू विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उद्धृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणीकरण गरेको विधेयक  कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको छ ।