Friday, July 10

नेकपाले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौंमा एकता सन्देश सभा गर्दैछ।

Advertisement

काठमाडौंको भृकुटीमण्डपमा शनिबार दिउँसो १२ बजे एकता सन्देश सभा सुरू हुने नेकपाले जनाएको छ।

Advertisement
Advertisement

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटी कार्यक्रमको आयोजक छन्।

Advertisement

एकता सन्देश सभाअघि काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित नेता कार्यकर्ताहरू भृकुटीमण्डप पुग्नेछ।

त्यसपछि सुरू हुने सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० वटा घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।

नेकपा गठनपछि सो पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गरेको थियो।

मंसिर १२ गते सुदूरपश्चिम, मंसिर १३ गते लुम्बिनी, मंसिर १४ गण्डकी, मंसिर १५ गते कोशी, मंसिर १८ गते कर्णाली, मंसिर २० गते मधेस प्रदेशमा नेकपाले एकता सन्देश सभा गरेको थियो।