Friday, July 10

निर्वाचन सार्ने हल्ला साँचो भए चुप नबस्ने चेतावनी : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन सार्ने हल्ला साँचो भए चुप नबस्ने चेतावनी दिएका छन्।

Advertisement

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभामा संयोजक प्रचण्डले नेकपा सुरूवातदेखि नै निर्वाचनको पक्षमा रहेको र पूर्वदेखि पश्चिमसम्मका सन्देश सभाहरूमा त्यसको अपिल गर्दै आइरहेको बताउँदै सरकारले चुनाव सारे चुप नबस्ने तेतावनी दिएका हुन्।

Advertisement
Advertisement

‘धनगढीदेखि काठमाडौंसम्मको विशाल उपस्थितीलाई खेलाँची नसोचियोस्। कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्सासह नगर्नूहोला। संविधान बारम्बार मिच्ने कोसिस गरियो भने, फेरि निवाचन मिति सार्ने/धकेल्ने गर्न खोजे हामी चुप लागेर बस्ने छैनौं,’ उनले भने।

Advertisement

उनले निर्वाचन मिति सारिए सडकमा आउने चेतावनी दिए।

‘शान्तिपूर्ण तरिकाले निर्वाचन होस्। धनगढीदेखि काठमाडौंसम्म जनताको उपस्थितिलाई खेलाँची नठानियोस्। यो शक्तिलाई जिस्क्याइयो र संविधानसँग फेरि खेलवाड गरियो भने यो सडकमा आउनेछ। यो त्यस्तो शक्ति हो जसले हिँजो जनयुद्ध गर्‍यो र साढे २ सय पूरानो राजतन्त्रलाई धाराशायी पार्यो। यो त्यो जसले जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गर्यो र गणतन्त्र स्थापना गर्‍यो। जनयुद्धको तागत र जनआन्दोलनको तागतलाई एक ठाउँमा ल्याउँने मूल शक्ति र नेतृत्व यही नै हो। यसलाई खेलाची नठानियोस्,’ उनले भने।

देश दुर्घटनामा जाने अवस्था आए नेकपा अब रमिते नबन्ने पनि प्रचण्डले बताए।

‘अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन। नेपाली कम्युनिस्ट पार्टी ७७ वटै जिल्लाबाट, सबै पालिकाबाट एउटा नयाँ आन्दोलनको विद्रोहको झन्डा बोकेर आउनेछ। यसलाई धम्की नठानियोस्,’ उनले भने।

उनले नेपाली कम्युनिस्ट पार्टीले जित्छ कि भनेर अताल्लिएकाहरू चुनाव बिथोल्न लागेको बताए।

‘हामीले निर्वाचनमा हामीले जित्छौं कि भनेर आँत्तिएर चुनाव बिथोल्न लागेका छन्। आफूलाई हात्ति भन्ने केही पार्टीहरू अबको चुनावमा मुसा बन्ने देखेर चुनाव नहोस् भनिरहेका छन्। त्यही पुरानो संसद फिर्ता भए त हामी ठूला भइहाल्छौं भन्ठानेका होलान्। त्यो भ्रम हो। भ्रमबाट बिउँझनुस्,’ उनले भने।