प्रदेश ४समाचारस्वास्थ्य

थपिए गण्डकीमा थप २५ संक्रमित

नेपाल अखबार, पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् ।
यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २ बुलिङटारमा ८ पुरुष र एक महिलागरि ११ संक्रमित थपिएका छन् ।
गोरखा र कास्कीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।

the authoradmin

Leave a Reply