Monday, July 13

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो

नेपालअखबार, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफू नेपाली नै हुन नसकेको भन्दै गुनासो गरेका छन् ।

Advertisement

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले टीकापुर विद्रोहबारे सरकारलाई थाहा भए पनि यसमा जोडेर आफूलाई नेपाली बन्न नदिइएको गुनासो गरेका हुन् ।

Advertisement
Advertisement

‘टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी छ । पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका तीनैजना नेतालाई थाहा छ । तर पनि नेपाली बन्न सकिनँ । जेलबाट विद्रोह गरेर जन्माइएको पार्टी नागरिक उन्मुक्ति पार्टी नेपाल हो,’ उनले भने, ‘टीकापुर घटनामा ३०० जना थारुविरुद्ध मुद्दा लगाइयो । साढे आठ वर्ष जेल जीवन बिताउन बाँध्य बनाएपछि निर्दोष भनेर कसैलाई अदालतले पनि रिहा गरिदियो तर त्यसको क्षतिपूर्ति सिंगो समुदायलाई के ?’

Advertisement

उनले थारुहरू राज्यको कार्यकारी भूमिका पुग्न नसक्नुको कारण के हो ? भन्दै प्रश्न पनि गरे ।