समाचारस्वास्थ्य

थपिए १ सय १६ कोरोना संक्रमित

नेपाल अखबार, पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार १ सय १६ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या  १७ हजार १ सय ७७ पुगेको छ ।
नेपालमा संक्रमित मध्ये ११ हजार २५ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ६ सय ९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

the authoradmin

Leave a Reply