Saturday, April 18

सुन्धारा कारागारबाट भागेका लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका लागुऔषध मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-४ बाँसबारी बस्ने ३७  वर्षीय सोतेन्द्रबहादुर भट्ट रहेका छन् ।भट्ट काठमाडौं महानगरपालिका-४ चन्डोलबाट आइतबार पक्राउ परेका हुन् ।

Advertisement