Monday, April 20

धनुषामा दुई समूहबीच तनाव, वीरगन्जमा प्रदर्शन प्रहरीले ५ राउन्ड अश्रुग्यास पनि प्रहार

नेपालअखबार,पर्सा । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढेको छ। त्यसैको विरोधमा वीरगन्जमा आइतबार बिहानैदेखि प्रदर्शन भएको छ।

टिकटकमा एक-अर्काको धर्मलक्षित गरेर टिप्पणी गरेको विषयलाई लिएर धनुषाको कमला नगरपालिका-६ सखुवा मडानमा तनाव बढेको हो।

Advertisement

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड भएको विराेधमा वीरगन्ज आसपासका स्थानमा आइतबार टायर बालेर नाराबाजीसहत प्रदर्शन भएको हो । वीरगन्जकी छपकैया इदगाह चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप पनि भएको छ।

स्थिति नियन्त्रणमा लिन यस क्रममा प्रहरीले ५ राउण्ड अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रहरीतर्फ सात जना सामान्य घाइते भएको पर्सा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए।

स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको र ठाउँठाउँमा बालिएका टायर निभाउने काम मात्र प्रहरीले गरेको उनले बताए। दिउँसाे साढे १२ बजेसम्म स्थिति सामान्य बनेको पनि उनले बताए।धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले टिकटकमा भिडियो राख्ने र तोडफोडमा स‌ंलग्न आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ।