Friday, April 24

राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध भएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएको र यसको मर्मत कार्य जारी रहेकोले सो कार्य पूरा नभएसम्म सेवा अवरुद्ध हुनेछ ।

Advertisement

मर्मतको कार्य सम्पन्न हुनसाथ सेवा प्रवाह सुचारु हुने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउन, जन्मदर्ता गर्दाका बखत राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त हुने लगायत  सेवाहरू अवरुद्ध रहेको छ ।

यस्तो समस्या १ माघदेखि आज पनि रहेको विभागले जारी गरेको सूचनामा छ ।

हेर्नुहोस् सूचना :