
नेपालअखबार,इनरुवा । सुनसरी क्षेत्र नं. ४ का जनताले विकास र सेवाको वास्तविक अनुभूति गर्न थालेका छन्। वर्षौँसम्म सामान्य उपचारका लागि समेत धरान–विराटनगर धाउन बाध्य भोक्राहा, हरिनगर र कोशी गाउँपालिकाका नागरिक आज आफ्नै जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन्। यस क्षेत्र परिवर्तनको केन्द्रमा छन् — ज्ञानेन्द्र बहादुर कार्की जनताको आवश्यकता बुझेर काम गर्ने नेता मध्य १ नं मा पर्छ । सुनसरी सदरमुकाम इनरुवामा रहेका जिल्ला अस्पतालमा नागरिकले रेफर बाहेक केही पाउदैन थियो तर अहिले सो अस्पतालमा सुनसरीवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेको छ।
तात्कालिक जिल्ला अस्पताल इनरुवामा मेसुको रुपमा डाक्टर देबराज घिमिरेले आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ जिल्ला अस्पतालको स्तरोन्नतिमा अग्रसर पुर्व मन्त्री तथा सुनसरी क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीको पहलले अस्पतालको मुहार फेरिएको डाक्टर घिमिरे बताउँछन्।
पहिले इन्डोस्कोपी, भिडियो एक्स–रे, ल्याबका अन्य जाचहरु, जस्ता सेवा जिल्ला अस्पताल इनरुवामा कल्पनासमेत गर्न नसकिने अवस्था थियो। अहिले उक्त अस्पतालमा विभिन्न किसिमको शल्यक्रिया, जनरल सर्जरी, डिएम कार्डियोलोजीमार्फत बिरामी जाँच र उपचारका लागि टाढा जानु जनताको बाध्यता थियो।
तर कार्कीको निरन्तर पहल र सहयोगले इनरुवा अस्पतालमा आधुनिक उपकरण भित्रिए, दक्ष चिकित्सक सेवा दिन थाले, र छोटो समयमै अस्पतालले सम्पूर्ण सेवा एकै छानामुनि दिन थाल्यो। स्थानीयका अनुसार यदि यो सहयोग नहुँदो हो त, यस्ता सेवा सुरु हुन अझै २५ वर्ष कुर्नुपर्ने अवस्था थियो। आज इनरुवा अस्पताल कोशी प्रदेशकै गुणस्तरीय र भरोसायोग्य अस्पताल बन्न सफल भएको छ। यही कारणले गर्दा यहाँका जनता ज्ञानेन्द्र बहादुर कार्कीप्रति कृतज्ञता व्यक्त गर्दै भन्छन्—
“उहाँले केवल वाचा होइन, काम गरेर देखाउनुभयो।”
अब यही विकास र सेवाको निरन्तरतालाई मजबुत बनाउन आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन निर्णायक मानिएको छ।

