
मुस्ताक आलम, सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही सन्दर्भमा महासमिति प्रतिनिधि मनोज साह ले नेपाली कांग्रेसका सभापति तथा लोकप्रिय नेता गगन थापा प्रति स्पष्ट समर्थन जनाउँदै “आबकि बार गगन थापा सरकार अभियानलाई मजबुत बनाएका छन्।
मनोज साहले गगन थापालाई युवा नेतृत्व, स्पष्ट दृष्टिकोण र सुशासनको प्रतीक का रूपमा चित्रण गर्दै देशलाई नयाँ दिशा दिन सक्ने सक्षम नेताका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार अबको निर्वाचन केवल व्यक्तिको होइन, लोकतन्त्र र संबिधानको रक्षा स्थायी विकास र परिवर्तनको निर्वाचन हो। देशले अब पुरानो सोच होइन, नयाँ ऊर्जा र इमानदार नेतृत्व खोजिरहेको छ,” मनोज साहले भने, “गगन थापा त्यो भरोसाको नाम हो, जसले युवाको सपना र जनताको अपेक्षा दुवैलाई सम्बोधन गर्न सक्छ।
महासमिति प्रतिनिधिका रूपमा निरन्तर संगठन मजबुत बनाउँदै आएका मनोज साहको सक्रियता र स्पष्ट धारणा कार्यकर्ता तथा मतदातामाझ सकारात्मक रूपमा लिइएको छ। स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउन उनले खेलेको भूमिकाको चर्चा अहिले चोक–चौतारामा हुन थालेको छ।
फागुन २१ को निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भन्दै मनोज साहले लोकतन्त्र, संविधान र स्थायी विकासका लागि कांग्रेस र गगन थापाको नेतृत्व आवश्यक रहेको जोड दिएका छन्।

