Saturday, May 30

हुम्लामा एक किशोरी मृत फेला

नेपालअखबार, हुम्ला । सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

Advertisement

प्रहरीका अनुसार उनी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिए ।