Saturday, April 18

अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान

नेपालअखबार,काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् ।

तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताएका हुन् ।

Advertisement

उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । उनले सम्झौता भएमा विश्वलाई नै फाइदा हुने बताए ।

बीबीसी उर्दूका अनुसार डारले दुवै पक्ष बाँकी मतभेद अन्त्य गर्ने प्रयासमा रहेको बताए । उनले लेबनानमा युद्धविराम भइसकेको र इरानले बिना सर्त जहाजका लागि होर्मुज स्ट्रेट पुन: खुला गरेको दाबी पनि गरे ।

डारले बाँकी वार्ता पनि चाँडै टुंगिने विश्वास व्यक्त गरे।  साथै, दुई देशबीच वार्ताको अर्को चरण चाँडै हुने अपेक्षा गरिएको छ ।

पहिलो चरणको वार्ता पाकिस्तानको इस्लामाबादमा भएको थियो ।