Monday, July 27

परिवर्तन नियम-कानुन बनाएर हुन्छ, एकैचोटि बड्याङबुडुङ गरेर हुँदैन : सभापति थापा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू छलफल र संवादमा विश्वास गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

‘हामी चाहीँ छलफलमा विश्वास गर्छौं, संवादमा विश्वास गर्छौं,’ सभापति थापाले भने, ‘हामी आमने–सामने बहसमा विश्वास गर्छौं, हामी प्रमाणमा विश्वास गर्छौं ।’

Advertisement
Advertisement

परिवर्तन एकैचोटि बड्याङबुडुङ गरेर नहुने उनले बताए । ‘नीति, नियम, कानुन बनाएर परिवर्तन गर्ने कुरा, प्रणालीहरूमा परिवर्तन ल्याउने कुराहरू एकैचोटि बड्याङबुडुङ गरेर हुँदैन भन्ने कुरामा विश्वास गर्छौं ।’

Advertisement

यी सबै कुरा ‘इकोसिस्टम’ रहेको बताउँदै विस्तारविस्तारै हुने उनले बताए ।