प्रशासन

हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला

नेपाल अखबार, सुनसरी। हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो ।
दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । सो मोबाइलको बजार मूल्य ७२ लाख १८ हजार रहेको छ ।
०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो ।
असारमा फेला परेको २७६ थान र साउनमा फेला परेको २० थान मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।

the authoradmin

Leave a Reply