Thursday, July 23

ट्रम्पले भने- इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्व लाग्नेछ

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतालाई भेट्न पाउँदा गर्न लाग्ने बताएका छन् ।

Advertisement

सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘म मुज्तबा खामेनीलाई भेट्न चाहन्नँ तर यदि भेटेँ भने मलाई गर्व महसुस हुनेछ।’

Advertisement
Advertisement

उनले यदि अमेरिका-इरानबीच कुनै सम्झौता भयो भने सायद म सर्वोच्च नेतालाई भेट्न सक्छु। यदि हाम्रो भेट भयो भने म उनीसँग सम्मानपूर्वक प्रस्तुत हुनेछु।

Advertisement

ट्रम्पले आफ्नो सरकारले इरानबाट संवर्धित युरेनियम हासिल गर्न सैनिक पठाउने विषयमा विचार गरेको तर अन्त्यमा यो योजना खारेज गरिएको बताएका छन्।

ट्रम्पका अनुसार, यो अपरेसन धेरै जोखिमपूर्ण थियो र यसमा अमेरिकी सैनिकहरूको ज्यान जाने आशङ्का थियो। त्यसैले यसलाई अगाडि बढाइएन।

ट्रम्पले इरानबाट संवर्धित युरेनियम हासिल गर्नु भेनेजुएलाका नेता निकोलस मादुरोलाई पक्रने जस्तो छिटो र सजिलो प्रक्रिया नभएको बताएका छन्।

ट्रम्पका अनुसार, यो काम केही मिनेटको नभई हप्तौँ लाग्ने र भारी उपकरणहरू आवश्यक पर्ने अपरेसन हुनेछ।