Tuesday, June 16

मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङ छन् ।उनीहरूले एक महिलालाई टिकटक लाइभमा नग्न बस्न लगाएर भिडियो बनाएकाे र त्यही भिडियाे बनाएर बार्गेनिङ गरेको प्रहरीले जनाएकाे छ । त्यही भिडियाेका देखाउँदै ती महिलालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको र रकम असुल गरेकोसम्मकाे आरोप उनीहरुमाथि छ ।

Advertisement