Sunday, April 26

बिहे गर्ने प्रलोभनमा बालिकामाथि बलात्कार

नेपाल अखबार, काठमाडौं । बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित आफ्नो साथीको डेरामा बालिकालाई लगेर जबरजस्तीकरणी गरेको उजुरी परेको छ । घटनाबारे जानकारी पाएलगत्तै ललितपुरको सातदोबाटोबाट उनलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *