Saturday, July 4

कर्णालीमा गाडीसँगै बेपत्ता भएका ४ जनाको खुल्यो पहिचान

नेपालअखबार, कर्णाली । कर्णालीमा गाडीसँगै बेपत्ता भएकामध्ये चार जनाको पहिचाना खुलेको छ।

Advertisement

गाडी संगै कर्णालीमा खसेर हालसम्म फेला नपरेकाहरुमा सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका  चालक तुलसीराम सुवेदी, उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी सृर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिका – ९ का मेखे तिरुवा रहेको बैतडीका प्रबक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताए ।

Advertisement
Advertisement

कालीकोट पाचल झरना गाउँपालिका – ९ का ४५ बर्षीय जेखे तिरुवाको शव भने भीरमा अड्किएको अवस्थामा फेला परेको थियो।

Advertisement

उनको शव आफन्तले बुझिसकेका छन्।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित सडकबाट झन्डै ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

गाडीमा कति यात्रु थिए भन्ने अझै यकिन भएको छैन।

सोही दिनदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर परिचालन गरी खोजीकार्य भइरहेको छ।

शनिबार मात्रै सोनार क्यामरा र म्याग्नेट सहितको उपकरण लिएर गोताखोरले खोजी गरेको छ।