Thursday, July 9

राष्ट्रिय सभाले एकै दिन पारित गर्‍यो ६ वटा विधेयक

नेपालअखबार,काठमाडौं । राष्ट्रिय सभाले एकै दिन ६ वटा विधेयक पारित गरेको छ ।

Advertisement

सभाध्यक्ष नारायाण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरेको हो ।

Advertisement
Advertisement

उनले सभामै भनेका छन्, ‘आज राष्ट्रिय सभाले गर्वका साथ भन्न सक्छ कि, चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरि समितिको प्रतिवेदनसहित र दुई वटा आश्रित विधेयक विधेयक सभामै छलफल गरि एकै दन पारित गरि प्रतिनिधिसभमामा पठाउन सफल भएका छौं ।’

Advertisement

सभाध्यक्ष दाहालले भने जस्तै सभाले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्‍यो ।

१. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक

२. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक

३. सहकारी (पहिलो संशोधन) विधेयक

४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ।

यसबाहेक थप दुई वटा विधेयक पनि राष्ट्रिय सभाले बिहीबार नै पारित गर्‍यो ।

१. आर्थिक विधेयक २०८३

२. राष्ट्र ऋण उठाउने विधेयक २०८३