Monday, July 13

आज यी स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुुने सम्भावना

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।

Advertisement

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Advertisement
Advertisement

आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Advertisement

पछिल्लो एक घन्टामा बर्दियाको स्यानो श्री चेपाङ मापन केन्द्रमा ३३.२ मिलिमिटर वर्षा भएको छ। झापाको सनिश्चरेमा १२.४ मिलिमिटर, दोलखाको सिंगटीमा ९.४ मिलिमिटर, सिन्धुपाल्चोकको धापमा १०.४ मिलिमिटर वर्षा मापन भएको छ।

आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।