Saturday, July 25

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

नेपालअखबार,काठमाडौँ । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।

Advertisement

राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि उनले शनिबार राजीनामा दिएका हुन्।

Advertisement
Advertisement

कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएको थियो।

Advertisement

उनीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा मागेका थिए।

विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले शनिबार राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।

शुक्रबार सिजेपी प्रतिनिधिसँग सरकारले दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा दुई घन्टा लामो वार्ता गरेको थियो।

वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए भने सिजेपीबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका सहभागी थिए।

वार्तापश्चात सरकारले शिक्षामन्त्री प्रधानको राजीनामा लगायत प्रदर्शनकारीहरूले राखेको मागबारे निर्णय गर्न शनिबार दिउँसोसम्मको समय मागेका थिए।

बैठकमा सिजेपी प्रवक्ता सौरभ दासले आफ्ना ३ मुख्य माग राख्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामामा कुनै सम्झौता नहुने अडान राखेका थिए।

सिजेपीले शिक्षामन्त्री प्रधानको तत्काल राजीनामासँगै नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई १/१ करोड भारू क्षतिपूर्ति दिनुपर्ने र प्रदर्शन क्रममा विद्यार्थी तथा आन्दोलनकारीमाथि दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ।