Thursday, August 6

कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति प्रदान गरेको छ।

Advertisement

नेपालअखबार,काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ गरेको हो।

Advertisement
Advertisement

उक्त इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो।

Advertisement

अनुमति प्रदान भएसँगै पूर्वसभापति शेरबहादुर देउवाले दिएको रिटलाई खारेज गर्ने आदेशको पुनरवलोकन हुने भएको हो।

न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो। देउवा पक्षको रिटलाई खारेज गरेको थियो।

यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका थिए।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत गएका थिए।

उनीहरूले निर्वाचन आयोग, विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका थिए।