Thursday, August 13

जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी

नेपालअखबार, काठमाडौं । जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरेको छ।

Advertisement

बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो।

Advertisement
Advertisement

परिसर प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार त्यहाँबाट प्रहरीले कम्युटर,मोबाइल र अरू उपकरण संकलन गरेको छ।

Advertisement

‘कति वटा भन्ने खुल्न बाँकी छ। उहाँको कार्यालय, उहाँसँग सम्बन्धित र यो केससँग सम्बन्धित उपकरणहरू संकलन गरिएको हो,’ एसपी थापाले सेतोपाटीसँग भने।

केही संख्यामा आएका प्रहरीले कार्यालय भित्र प्रवेश गरी सिपियू र कागजपत्र लिएर गएको जनआस्थाकै एक पत्रकारले जानकारी दिए।

जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई बुधबार बेलुकी नख्खुबाट प्रहरीले पक्राउ गरेको थियो।

वैयक्तिक गोपनीयता भंग गरिएको भनेर एक महिलाले उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले बताए।