Friday, August 14

लेखा समितिमा गृह सचिव र आइजिपीमाथि भएको घटनामा मेरो ध्यानाकर्षण भएको छ- गृहमन्त्री गुरूङ

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री सुधन गुरूङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र आइजिपी दानबहादुर कार्कीमाथि भएको घटनामा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

Advertisement

प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा आज बोल्दै गृहमन्त्री गुरूङले गृह सचिव र आइजिपीमाथि गरिएको व्यवहार आफ्नो ध्यानाकर्षणमा रहेको बताए।

Advertisement
Advertisement

‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आइजिपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन। यसबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौं।’

Advertisement

उनले आइजिपीको कामको आफू प्रत्यक्षदर्शी रहेको र गृह मन्त्रालयको निर्देशनमा दिनरात खटिरहेको बताएका थिए।

लेखा समितिमा सत्तारूढ रास्वपा सांसद खगेन्द्र सुनारले गृहसचिव र आइजिपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ।