Uncategorized

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

Nepal Akhabar

नेपाल अखबार, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको एसपी रेग्मीले  जानकारी दिए ।

the authoradmin

Leave a Reply