राजनीतिसमाचार

नेकपा स्थायी समिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने तय भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।
नेकपामा आन्तरिक किचलो बढेपछि स्थायी समिति बैठक पटक पटक स्थगित हुदै आएको छ । अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएको हो ।
समस्या समाधानका लागि पटकपटक भएका प्रयाससमेत निश्कर्षमा नपुगेपछि एकपक्षले अर्को पक्षलाई दोष देखाइरहेको छ ।
यसैबीच आजको बैठक पनि अन्तिम समयमा आएर स्थगित हुनसक्ने हो कि भन्ने आशंका नेताहरुलाई लागेको छ । नेताहरुमा सहमति नजुटेकाले त्यस्तो आशंका गर्न सकिने एक स्थायी समिति सदस्यले बताए ।

the authoradmin

Leave a Reply