Wednesday, August 19

पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध

नेपालअखबार,पाल्पा । तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

Advertisement

पहिरो खसिरहेकोले पन्छाउन सकस भएको प्रहरीले बताएको छ । उक्त स्थानमा प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिकसहित ५ जनाको टोली खटिएको छ ।

Advertisement
Advertisement

बाटो खुलाउने पहल भइरहेको र पहिरो खस्न रोकिनासाथ काम सुरु हुने प्रहरीले जानकारी दिएको छ ।

Advertisement